मेलम्चीको पानी सुरुङभित्र पठाइयो
काठमाण्डौ – मेलम्चीको पानी सुरुङभित्र पठाउन सुरु गरिएको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणको लागि आजदेखि पानी पठाइएको हो ।
आज बिहान ९ः४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङ मार्गमा पानी प्रवाह सुरु गरिएको हो ।
करीब दुई दशक लामो प्रतिक्षापछि सुरुङ मार्ग परीक्षण थालीएको छ । यो संगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताए ।
२६० प्रतिसेकेण्ड लिटरका दरले परीक्षणका लागी सुरुमा पानी प्रवाह गरीने खत्रीले बताएका छन ।
सुरुङमा १० दिनसम्म पानी राखिने छ ।पानी भरिएकै दरमा खाली गर्न पुनः २० दिनको समय लाग्छ ।
सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न सात दिन लाग्ने छ ।
त्यसपछि कुनै समस्या देखिएमा सात दिनमा काम सम्पन्न गरीने छ ।