बैंकले लिने शुल्कमा अंकुष, विग मर्जरमा उमेरहद नलाग्ने, नगद लाभांसमा कडाई « Arthapath.com
१२ श्रावण २०७७, सोमबार

बैंकले लिने शुल्कमा अंकुष, विग मर्जरमा उमेरहद नलाग्ने, नगद लाभांसमा कडाई



भोलीदेखी सेयर कर्जाको सिमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नितीको एकिकृत निर्देशिका आज जारी गरेको छ । राष्ट्र बैंकले सेयर कर्जामा केही खुकुलो गर्नुको साथै बैंकहरुको नगद लाभांस वितरणमा समेत अंकुष लगाउनेगरी निर्देशिका जारी गरेको छ ।

त्यसैगरी बैंकहरुको विग मर्जरमा समेत सिईओ उमेरहद र कार्यकाल गणना नहुने जनाएको छ । वाणिज्य बैंक र वाणिज्य बैंक मर्जरमा गएमा सिईओको उमेर हद र कार्यकाल गणना नहुने भएको छ ।

अव ६५ वर्ष भन्दा माथी सिईओ बस्न नपाउने व्यवस्था भएपनि राष्ट्र बैंकले ल्याएको एकीकृत निर्देशिकाले कार्यकाल र उमेरमा छुट दिएको छ । २०७८ सालको असार मसान्तसम्ममा २ वाणिज्य बैंक बर्ज भएमा एक कार्यकाल छुट पाउनेछन ।

नयाँ निर्देशिका अनुसार सेयर धितो कर्जामा पनि केही लचकता अपाइएको छ । सेयर बजारमा नेप्सेको १२० दिनको कारोबारको अन्तिमको औसत मुल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यो रकमको बढीमा ७० प्रतिशतसम्म कर्जा दिन सबिने व्यवस्था गरेको छ । यसअघि ६० प्रतिसतमात्रै व्यवस्था थियो ।

त्यसैगरी राष्ट्र बैंककले बैंक वित्तिय संस्थाले ३० प्रतिसतभन्दा बढी नगद लाभांस वितरण गर्न नपाइनेगरी अंकुष लगाएको छ ।

त्यसैगरी बाणिज्य बैंकले खाता खोल्दा, चेक जारी गर्दा र चेकको स्टप पेमेन्ट र मौज्जात प्रमाणित गर्दा कुनैपनि शुल्क लिन नपाइने व्यवस्था गरेको छ । त्यसैगरी ग्राहाकको खाता बन्द गर्दा, स्टेटमेन्ट दिंदा, विप्रेषण रकम खातामा जम्मा गर्न, एबीबीएसलगायतका सेवामा कुनै शुल्क लिन नपाइने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्