१५ किलो सुनको झोला फालेर फरार भएका ३ जना पक्राउ « Artha Path
१५ श्रावण २०७७, बिहीबार

१५ किलो सुनको झोला फालेर फरार भएका ३ जना पक्राउ



काठमाडौं ।

काठमाडौंको कमलादी नजीक १५ किलो सुन फालेर भागेका भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट बुधबार पक्राउ परेका हुन ।


स्कोर्पियो धनीको समेत पहिचान भइसकेको र आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

उनीहरु गत मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालको नेतृत्वको टोलीले चेकजाँचका क्रममा उनीहरु सुन फालेर भागेका थिए ।


उनीहरुले फलेका सुनको प्रहरीले परीक्षण गराउँदा ५ सय ग्राम सुन सक्कली र बाँकी साढे १४ किलो नक्कली सुन पत्ता लागेको थियो । साढे १४ किलो चाँदीमा लेपन गरी नक्कली सुन बनाएर ठगी गर्ने रहेको प्रहरीले जनाएको थियो ।

सिल्भर कलरको बा ६ च ५५१९ नम्बरको स्कोर्पियोमा आएक उनीहरु चेकजाँचका क्रममा १५ किलो सुन र २ थान पेस्तोल फालेर भागेका प्रहरीले जाएको छ ।


प्रतिक्रिया दिनुहोस्