सप्तरीमा कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु
काठमाडौं । सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका तीन जनाको ज्यान गएको छ ।
मलेसियाबाट नेपाल आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु भएका तीनै जनाको स्वाब संकलनका लागि टोली खटिइसकेको बताइएको छ ।