कोरोना बीमामा ५० प्रतिशत छुट,सरकारी कर्मचारीको निःशुल्क बीमा « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

कोरोना बीमामा ५० प्रतिशत छुट,सरकारी कर्मचारीको निःशुल्क बीमा



काठमाडौं । अब ५० प्रतिशत सरकारको सहयोगमा कोरोना बीमा गर्न सकिने भएको छ ।


अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षदेखिनै कोरोना बीमामा ५० प्रतिशत छुट दिने घोषणा भएपनि अब छुट पाइने भएको छ ।

आज बिमा समितिले २ बजे पत्रबार सम्मेलन गरी कोरोना बीमामा अनुदान प्रदान गर्ने योजना सार्वजनिक गर्ने बताएको छ ।


योजनामा सर्वसाधारणले ५० प्रतिशत अनुदान र सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमाको सुबिधा पाउने योजना रहेबो बताइएको छ ।


नयाँ आर्थिक वर्ष शुरु भएपनि बीमा समितिले कोरोना बीमामा छुट दिने सम्बन्धि मापदण्ड तयार पार्न नसक्दा ढिलाई भएको थियो ।


प्रतिक्रिया दिनुहोस्