सहारा विकास बैंकले दुई वर्षअघि नबिकेको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने « Arthapath.com
२३ श्रावण २०७७, शुक्रबार

सहारा विकास बैंकले दुई वर्षअघि नबिकेको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने



काठमाडौं । सहारा विकास बैंक लिमिटेडले दुई वर्ष पहिला हकप्रद बेच्दा संस्थापक तर्फका बिक्री नभएको सेयर यसपटक लिलामीमा बिक्री गर्ने भएको छ ।


बैंकले आवेदन नपरेको सेयर लिलामीका लागि साउन ३० गतेदेखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ।

बैैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापकतर्फको ९ लाख २१ हजार १ सय ४८।७० कित्ताको लागि आवेदन पर्न सकेको थिएन ।


यसअघि नै लिलामीमा सेयर बिक्री गर्न लागे पनी नोभल कोरोना भाइरस कोभिड १९ लकडाउन भएसँगै सेयर बिक्री भएको थिएन ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्