नयाँ अध्ययन भन्छ कोरोनाले श्रवण शक्ति नष्ट पारिदिन सक्छ « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

नयाँ अध्ययन भन्छ कोरोनाले श्रवण शक्ति नष्ट पारिदिन सक्छ



काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० संक्रमण तीव्र रुपमा बढिरहेको छ । अहिलेसम्म यसको औषधि तथा खोप पत्ता लाग्न सकेको अवस्था छैन । नयाँ(नयाँ अध्ययनहरू सार्वजनिक भइरहेका छन् ।

यस्तैमा एउटा नयाँ अध्ययनले नयाँ खुलासा गरेको छ । बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले कोरोना संक्रमितको श्रवण शक्ति जीवनभरीका लागि नष्ट पारिदिन सक्ने खुलासा गरेका हुन् । अध्ययन अनुसार कोरोनाको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ ।

एक ४५ वर्षीय पुरूषले कोभिड १९ संक्रमणपछि आफ्नो श्रवण शक्ति गुमाएका छन् । बेलायतका डाक्टरहरूले यो कोरोनाभाइराससँग जोडिएको पहिलो घटना भएको बताएका छन् ।

ती पुरूषलाई लण्डनको एक अस्पताल भर्ना गरिएको थियो । श्वास लिन उनलाई गाह्रो भएपछि सघन उपचारका लागि सारिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखियो । भेन्टिलेटरबाट निस्कने बेला उनले घण्टी हल्लिएको त देखे तर एउटा कानको अचानक श्रवणशक्ति हरायो ।

अनुसन्धानकर्ताका अनुसार संक्रमणपछि स्टेरोयड औषधी दिएपछि यसको असर नकारात्मक हुनसक्छ । यो बहिरोपनको रुपमा पनि देख्ने गर्छ । यद्यपी, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन । थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल संक्रमणको मामिलामा यस्तो हुनेगर्छ ।

अस्पताल भर्ना भएका ती बिरामीको स्वास्थ्यमा जोखिम बढ्दै गएपछि उनलाई एन्टीभाइरल औषधी रेमडेसिविर स्टेरोइस दिइयो र रगत चढाइयो । यो उपचारपछि बिरामीले केही राहत पाए । केही दिनपछि बिरामीले दाहिने कानमा घण्टी बजेको जस्तो आवाज सुन्न थाले र अचानक यो कानले सुन्न छोडे । एकहप्ता पछि उनलाई आइसीयूमा ट्रान्सफर गरियो ।

बिरामीको उपचार गर्ने डाक्टरले यसअघि कुनै पनि बिरामीको सुन्ने क्षमतामा असर नपरेको बताएका छन् । शारीरिक रुपमा ती बिरामी तन्दरुस्त छन् । अनुसन्धानकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो । यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो । यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो । अनुसन्धानमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो ।

वैज्ञानिकका अनुसार कोरोनाले कानमो मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ । यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ । अनुसन्धानकर्ताले डाक्टरलाई आइसीयूमा कोरोनाका बिरामीसँग कुरा गर्दा उनीहरुको श्रवण शक्तिबारे पपिन कुरा गर्न सुझाएका छन । एजेन्सी


प्रतिक्रिया दिनुहोस्