शुक्रबार थप १२ सय ७२ जनामा कोरोना संक्रमण, १६ जनाको ज्यान गयो « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

शुक्रबार थप १२ सय ७२ जनामा कोरोना संक्रमण, १६ जनाको ज्यान गयो



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

आज देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्