बिल र मेलिन्दा गेट्सको डिभोर्सले नेपाललाई के असर पार्छ ? यस्तो छ नेपालले पाएका सहायता कार्यक्रमकाे विवरणसहित « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

बिल र मेलिन्दा गेट्सको डिभोर्सले नेपाललाई के असर पार्छ ? यस्तो छ नेपालले पाएका सहायता कार्यक्रमकाे विवरणसहित



काठमाडौं । वीलियम हेनरी उर्फ बिल गेट्स पृथ्वीका शक्तिशाली मान्छेको सूचीमा अग्रभागतिरै आउने व्यक्ति हुन् । पश्चिमा समाजका लागि यो एक महान उदाहरणीय नाम हो, जसले महाधनीहरुलाई संसारका गरीबको अनुहारमा हेर्ने प्रेरणा दियो ।

अहिलेको कोरोना महामारीजस्तै कुनै समय सिंगो संसारलाई त्राहिमाम बनाएको एचआईभी एड्ससँग जुध्न गेट्सको विस्वब्यापी सहायता निकै प्रभावकारी भएको थियो । १९७० र १९८० का दशकमा संसारमा आधुनिक कम्प्युटरको उत्पादन गर्ने एक्लो राज चलाएका उनले सन् २००० पछि विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका सवालमा पनि निकै ठूलो पैरवी गरे ।

प्राकृतिक स्रोतमाथिको अतिदोहनले पृथ्वी संटकटोन्मुख भएको भन्दै उनले आर्थिक उन्नतीको एकपाखे विकासविरुद्ध कलम चलाए । अहिले कोरोना महामारीले सिंगो संसारलाई संकटमा धकेलेका बेला अमेरिकी राज्य प्रशासनको विरुद्ध उनले विस्वब्यापी सहायता परिचालन गर्न आफ्नो सम्पत्ती दान गरिरहेका छन् ।

सन् १९९५ देखि २०१७ बीच १९ वर्षसम्म बील गेट्स संसारकै सबैधन्दा धनि व्यक्तिको सूचीमा रहिरहे । अहिलको अवस्थामा अमेजनका सीईओ जेफ बेजोस र टेस्ला मोटर्सका मालिक एलन मस्कपछि पृथ्वीको तेस्रो धनि व्यक्ति उनी नै छन् । गेट्सको सम्पत्ती अहिले घट्दो क्रममा छ । गएको शनिवारको आँकडा अनुसार गेट्ससँग १ खर्ब ४५ अर्ब अमेरिकी डलरभन्दा ज्यादा सम्पत्ती छ ।

उनै गेट्स अहिले संसारभरी चर्चामा आएका छन् । कारण हो, २७ वर्ष लामो वैवाहिक जीवनको अन्त्य । तीन सन्तानका अभिभावक भएका ६५ वर्षीय गेट्स र ५६ वर्षीय मेलिन्दा फ्रेञ्चले सोमवार राति एकाएक सामाजिक सञ्जालमार्फत् सम्बन्ध विच्छेदको घोषणा गरे ।

बील गेट्सले ट्वीट गर्दै लेखेका छन्, ‘हाम्रो सम्बन्धका लागि दुबैजनाले निकै ठूलो मिहेनत गर्दागर्दै पनि अब हामी बैवाहिक सम्बन्ध टुंग्याउने निक्र्योलमा पुगेका छौं । किनकी, जीवनको यो भिन्न चरणमा दम्पत्तीको रुपमा हामी सँगै अघि बढ्नसक्ने विस्वास अब रहेन ।’

गेट्स दम्पत्तीको यो अपत्यारिलो घोषणाले यवसायिक क्षेत्रसँगै सिंगो विश्वको परोपकार जगतमा पनि ठूलो असर पर्ने आँकलन गरिएको छ । हुन त, अमेरिकी धनाढ्यहरुको पारिवारिक मिलन त्यति गाढा देखिन्न । सेयर बजारका बादशाह मानिने वारेन बफेटदेखि संसारकै धनि एवम् अमेजनका मालिक जेफ बेजोस पनि सम्बन्ध विच्छेदको भुक्तभोगी हुन् ।

तुलनात्मक रुपमा टिकाउपूणर् सम्बन्धमा रहेका गेट्स दम्पत्तीको विछोडले अन्तरराष्ट्रिय स्तरमा मानवीय सहायता र परोपकारमा हुने लगानीलाई प्रभावित पार्नसक्ने आँकलन गरिएको छ । अरु महाधनिहरुभन्दा गेट्स दम्पत्तीको सम्बन्ध टुट्नुमा संसारका लागि यही एक विषय महत्वपूणर् हो । उनीहरुले सञ्चालन गरेको बिल एण्ड मेलिन्दा फाउण्डेशन निजी क्षेत्रबाट सञ्चालित संसारकै सबैभन्दा ठूलो परोपकार संस्था हो ।

यो संस्थाले संसारभर गरिबी, भोकमरी, रोग र आर्थिक असमानता विरुद्ध परोपकारी काम गरिरहेको छ । करीब ५१ अर्ब अमेरिकी डलर सम्पत्ती रहेको यो फाण्डेशन सञ्चालन गर्नमा भने आफूहरु प्रतिबद्ध रहेको दुबै जनाले सामाजिक सञ्जालमार्फत् बताएका छन् । तर टुटेको जोडिले भविष्यमा यो अभिभारा कसरी पुरा गर्छन् भन्ने निश्चित छैन । यसै पनि उनीहरुको सम्बन्ध विच्छेदका कारण सम्पत्ती विभाजन हुँदा हरेक वर्ष ५ अर्ब दान गरिरहेको यो दम्पत्तीको आर्थिक हैसियतमा कति असर गर्छ भन्ने अन्योल बाँकी नै छ ।

चार वर्षअघि अमेजनका मालिक जेफ र म्याकेन्जी स्कट छुट्टिँदा ३५ अर्ब डलर सम्पत्ती म्याकेन्जीले लगेकी थिइन् । यो सम्बन्ध विच्छेद अहिलेसम्मकै सबैभन्दा महँगो पारपाचुके हो । गेट्स दम्पत्ती छुट्टीँदा भने कति सम्पत्ती भाग लाग्छ भन्ने तय भइसकेको छैन ।

गेट्सको नेपाल नाता
बील एण्ड मेलिण्दा फाउण्डेशनले गत डिसेम्बरमा मात्रै कोभीड १९ विरुद्धको खोप विकास गर्न १ अर्ब ७५ करोड अमेरिकी डलर सहायता गर्ने घोषणा गरेको थियो । कोभीड १९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न संयुक्त राष्ट्र संघले खडा गरेको संयन्त्र (कोभ्याक्स) लाई सबैभन्दा पहिले अनुदान दिने संस्था पनि यही फाउण्डेशन थियो । गरिब एवम् विकासोन्मुख मुलुकमा खोपका लागि सहायता गर्ने यो राष्ट्रसंघीय कार्यक्रमबाट नेपालले पनि सहयोग लिने प्रक्रिया अघि बढाएको छ ।

यसबाहेक फेब्रुअरी १९९८ देखि हालसम्म यो फाउण्डेशनले नेपालमा मात्रै वा नेपालसहित विभिन्न मुलुकमा काम गर्ने १२९ परियोजनामा १ अर्ब १८ करोड ७४ लाख अमेरिकी डलर सहायता दिइसकेको छ । फाउण्डेशनले नेपाललाई पोलियो विरुद्ध जुध्न र बाल स्वास्थ्यका लागि ठूलो सहयोग गरेको छ ।

स्वास्थ्यका विभिन्न क्षेत्रसँगसँगै कृषि विकास र खाद्य पोषणमा पनि फाउण्डेशनको निकै ठूलो सहायता प्राप्त भएको छ । पछिल्ला वर्षमा भने खानेपानी तथा सरसफाइ, प्राविधिक विकास र महिला सशक्तिकरणजस्ता क्षेत्रमा फाउण्डेशनले नेपाललाई सहयोग गरिरहेको छ ।

कोरोना महामारीबाट बच्ने र भोकमरीविरुद्ध लड्ने अभियानमा पनि फाउण्डेशनको सहयोग रहँदै आएको छ । उदाहरणका लागि फोब्र्सको सूचीमा समेटिएका नेपालका अर्बपति ब्यापारी विनोद चौधरीले समेत वाइवाइ चाउचाउलाई पोषणयुक्त बनाएर नेपालबाट कुपोषण अन्त्य गर्ने भन्दै ७ लाख ८८ हजार अमेरिकी डलर अर्थात् करीब ८ करोड रुपैयाँ बिल एण्ड मेलिण्डा फाउण्डेशनबाट लिएका छन् ।

बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेशनबाट नेपालले पाएका सहायता कार्यक्रमकाे विवरणः

Tags :

प्रतिक्रिया दिनुहोस्