सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।