काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा ६५ औँ प्रहरी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विषम परिस्थितिमा प्रहरी सङ्गठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले