काठमाडौं । विहिबार नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा गरिएको जाँचमा २ हजार ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ६ सय ७६ पुगेको छ