बीमाको संस्थागत सुशासन विपरित आइएमई लाइफमा फुयाँल नियुक्त « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

बीमाको संस्थागत सुशासन विपरित आइएमई लाइफमा फुयाँल नियुक्त



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्समा बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका विपरीत सिईओ नियुक्ती गरिएको छ । कम्पनीले सिटिजन्स लाइफमा कार्यरत मार्केटिङ प्रमुख कवि फुँयाललाई सिईओ बनाएर ल्याएको छ ।

फुयाँलले भाद्र ५ गते शुक्रबारनै सिईओ पदको कार्यभार सम्हालेका छन । १० वर्षमात्रै बिमा क्षेत्रमा काम गरेको अनुभव भएका फुयाँलको योग्यतासमेत पुग्दैन । त्यसमा पनि भदौ १ गतेमात्रै सिटिजन्स लाइफ इन्स्योरेन्सबाट राजिनामा दिएका फुयाँल ५ गतेनै आइएमई ज्वाइन गर्नुमा बिमा समितिसंग निकट संबन्ध रहेको देखिन्छ ।

बीमकको संस्थागत सुशासन निर्देशिकाको दफा २८ को उपदफा १० मा बीमकको कार्यकारी प्रमुखको नियुक्त गर्नु २१ दिन अगावै निजको योग्यता, अनुभव तथा व्यवसायीक योजना बिमा समितिमा पेश गर्नुपर्नेछ । तर फुयाँलले साउन २७ गते सिटिजन्स लाइफ इन्स्योरेन्सबाट राजिनामा दिएका थिए ।

फुयाँललाई साउन २७ गतेको आइएमई लाइफकोे सिईओमा नियुक्त गरिएको थियो । भदौ ४ गतेनै बीमा समितिले फुयाँललाई सिईओ नियुक्तीको लागी एप्रुवल दिएको थियो । फुयाँलले भदौ ५ गतेनै आइएमई लाइफ ज्वाइन गरेका हुन ।

बीमा समितिले फुयाँलको नियुक्ती विधिसम्मत रहेको जनाएको छ । समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले २१ दिनपुर्व नभई भित्रमै व्यावयायीक योजना र अनुभव तथा योग्यताबारे निर्णय हुने बताए । त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्सका सिईओ कवि फुयाँलले आफ्नो नियुक्ती विधिसम्मत रहेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस्