नेपाल लाइफको सीईओमा सन्तोष प्रसाईँ नियुक्त, लामिछाने र ढकाल संचालक चयन « Arthapath.com
२८ माघ २०७७, बुधबार

नेपाल लाइफको सीईओमा सन्तोष प्रसाईँ नियुक्त, लामिछाने र ढकाल संचालक चयन



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई नियुक्त गरेको छ । कम्पनीको माघ २७ गते मंगलबार बसेको बैठकले प्रसाईँलाई ४ वर्षको लागी सीईओमा नियुक्त गरेको छ ।

????????????????????????????????????

मंगलबार बसेको संचालक समिति बैठकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेका प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बढुवा गरेको हो ।

त्यस्तै, कम्पनीको बुधबार सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्नुहुने संचालक निर्वाचनबाट विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्