बीमा क्षेत्रका पायोनियर विवेक झाको बजारमा पुनरागमन, कार्यकारी रोलबाट रिङआउट, सुर्या लाइफले संचालकमा भित्र्यायो « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

बीमा क्षेत्रका पायोनियर विवेक झाको बजारमा पुनरागमन, कार्यकारी रोलबाट रिङआउट, सुर्या लाइफले संचालकमा भित्र्यायो



काठमाडौं । बीमा बजारको पायनियर सीईओको परिचय बनाएका विवेक झा अन्ततः कार्यकारी रोलबाट विदा भएका छन । माछापुच्छ्रे बैंकहुँदै करिव ११ वर्षअघि नेपाल लाइफ इन्स्योरेन्स भित्रिएका विवेक झामा बीमाको केही अनुभव थिएन । चाटर्ड एकाउन्टेन रहेका झा तत्कालिन सीईओ मनोज भट्टराईको अण्डरमा बसेर बीमा बजारको बारेमा बुझ्दै आए ।

माछापुच्छ्रे बैंकमा २ वर्ष काम गरेका विवेक झा १० वर्ष नेपाल लाइफमा विताए । २ कार्यकाल सीईओ बनेर बीमा समितिको संस्थागत शुसाशन अनुसार कार्यकाल सकाएर हिँडे । गत साउन १ गतेबाट बीमा क्षेत्रबाट बाहिरिएका झा पछिल्लो समय कृषि व्यावसायमा आवद्ध हुँदै आएका छन ।
नेपाल लाइफ इन्स्योरेन्सलाई चम्काएका झा सुरुमा बजारले पत्याएको थिएन । युवा अवस्थामै नेपालकै एक तिहाई बीमा बजार ओगटेको ठुलो कम्पनीको सीईओ बनेर कम्पनीलाई चम्काए । बीमा बजारमा अनुभव हासिल गरिसकेका विवेक झा फेरी कुनै कम्पनीको सीईओ बन्ने अनुमान बीमा बजारले गरेको थियो । तर उनि बीमा क्षेत्रमै १० महिनापछि उदाएका छन ।

बिशाल ग्रुपकै लगानी रहेको सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गते बसेको २९१ औं सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको छ । अव उनि कार्यकारी रोल भन्दापनि पोलिसि रोलमा बीमा क्षेत्रमै आएका छन । पहिले बीमकको पोलिसि लागु गर्ने रोलमा थिए भने अव पोलिसिमेकरको रुपमा उदाएका छन ।

शुक्रबार अर्थपथसंग कुरागर्दै झाले भने ‘अव मेरो रोल परिवर्तन भयो ।’ सुर्या लाइफ इन्स्योरेन्सलाई नेपाल लाइफकै गतिमा लैजानुपर्ने चुनौती उनमा थपिएको छ । पोजेटिभ सोचाइराख्ने विवेक झाले विशाल ग्रुपसंग राम्रो संबन्ध बनाएका छन । त्यसैले उनलाई संस्थापक समुहबाट प्रतिनिधित्व हुनेगरी संचालक बनेका हुन । भजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा झा नियुक्त भएका हुन ।

Tags :

प्रतिक्रिया दिनुहोस्