यस्ता छन् ओलीका सारथी, २० सांसद रहेको जसपालाई ११ मन्त्रालय, १२१ सांसद रहेको एमालेलाई १४ « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

यस्ता छन् ओलीका सारथी, २० सांसद रहेको जसपालाई ११ मन्त्रालय, १२१ सांसद रहेको एमालेलाई १४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शुक्रबार मन्त्रीपरिष पुर्नगठन गरेका छन । प्रधानमन्त्री ओलीले २० सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)लाई ११ मन्त्री दिएर सरकारमा ल्याएका छन । जवकी १२१ सांसद रहेको आफ्नै पार्टीै एमालेलाई भने आफुसहित १४ मन्त्री पाएका छन ।

प्रधानमन्त्रीले आफुसहित २५ सदस्यीय सारधी बनाएका छन । ओली पहिलोपटक महिला संचारमन्त्री नियुक्त गरेका छन । ओलीले शुक्रबार एमालेबाट २ उपप्रधानमन्त्रीसहित १७ सदस्यीय मन्त्रीपरिषद गठन गरेका थिए । त्यसको १ साता नवित्दै एमालेकै माधव पक्षलाई पुछ्दै नपुछी मन्त्रीपरिषद पुर्ण बनाएका छन ।

ओली सरकारमा अहिले ३ उपप्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्री रहेका छन । ओलीले एमालेका विष्णु पौडेललाई उपप्रधान तथा अर्थ र रघुविर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएका थिए । त्यसैगरी जसपाका बरिष्ठ नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री बनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार खगराज अधिकारीलाई गृहमन्त्री, नैनकला थापालाई संचारमन्त्री, मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नारदमुनी रानालाई वनमन्त्री, गणेश पहाडीलाई सामान्य प्रशासनमन्त्री, ज्वालाकुमारी साहलाई कृषिमन्त्री, राजकिशोर यादवलाई उद्योगमन्त्री र आशा विकलाई वनराज्यमन्त्री बनाएका छन ।


प्रतिक्रिया दिनुहोस्