संविधान दिवसको अवसरमा बीमा क्षेत्रका ६ जना सम्मानित « Arthapath.com
३ आश्विन २०७८, आईतवार

संविधान दिवसको अवसरमा बीमा क्षेत्रका ६ जना सम्मानित



काठमाडौं । सरकारले आज आइतबार असोज ३ गते संविधान दिवश मनाईरहेको छ । संविधान दिवशका अवसरमा सरकारले ९०३ जना भन्दा बढी ब्यक्तिलाई सम्मानित गरेको छ । जसमा विभिन्न वयवसायी तथा बैंकरहरुलाई समेत सम्मान गरेको छ । बीमा क्षेत्रका पनि विभिन्न ब्यक्तिहरुलाई पनि विभुषित गरेको छ । सरकारले बीमा क्षेत्रमा पुर्याएको योगदान र बीमा क्षेत्र सँग सम्वन्धित विभिन्न ६ जना ब्यक्तिहरुलाई विभिन्न पदकबाट सम्मान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तलाई सम्मान गरेकी छिन् । दुबै जनाले बीमा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे प्रवल जनसेवा श्री पदक पाएका हुन् ।

त्यस्तै, सरकारले हिमालय रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई सुप्रवल जनसेवाश्री पदकबाट सम्मान गरेको छ । त्यस्तै, हिमालयन रि का सञ्चालक तथा व्यवसायी साहिल अग्रवाल, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख लगानीकर्ता मोतिलाल दुगड र आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अम्बिका प्रसाद पौडेल सुप्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्