सेञ्चुरी क्यापिटलको सीईओमा रमेश कुमार श्रेष्ठ नियुक्त « Arthapath.com
३० पुष २०७८, शुक्रबार

सेञ्चुरी क्यापिटलको सीईओमा रमेश कुमार श्रेष्ठ नियुक्त



काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । माघ २ गतेदेखि श्रेष्ठले सीईओको पदभार ग्रहण गर्नेछन् ।

यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत श्रेष्ठ वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।


प्रतिक्रिया दिनुहोस्