हिमालयन जनरल इन्स्योरेन्सका सीईओ डेढ वर्षअघि नै बाहिरिँदै « Arthapath.com
९ माघ २०७८, आईतवार

हिमालयन जनरल इन्स्योरेन्सका सीईओ डेढ वर्षअघि नै बाहिरिँदै



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील बज्राचार्य कम्पनीबाट बाहिरिने भएका छन् । कम्पनीले सीईओ बज्राचार्यलाई ४ वर्षको लागि नियुक्त गरेको थियो तर डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरन लागेका हुन् ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको कार्यकाल आगामी मसान्तसम्मको लागि मात्रै हुने गरी करार संशोधन गरेको हो । त्यसैले सीईओ बज्राचार्यले २०७८ माघसम्म मात्रै कार्यभार सम्हाल्ने भएका हुन् । बज्राचार्य २०७६ साउन १ गते इन्स्यारेन्सको सीईओ पदमा नियुक्त भएका थिए ।

सीईओ बज्राचार्य र कम्पनीले एक आपसी सहमतिमा करार संशोधन गरी २०७८ माघ मसान्तसम्म मात्रै कायम गरेको इन्स्योरेन्सले जानकारी गराएको छ । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्