समाज लघुवित्तको सञ्चालकमा ३ जना नियुक्त « Arthapath.com
१७ माघ २०७८, सोमबार

समाज लघुवित्तको सञ्चालकमा ३ जना नियुक्त



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ३ जना चयन भएका छन् । लघुवित्तको चौथौं वार्षिक साधारण सभाले सञ्चालक पदमा सरोज कुमार महतो, सन्तोषी महतो र सुरेश शाहलाई निर्विरोध निर्वाचित भएका हुन् ।

लघुवित्तको चौथौं वार्षिक साधारण सभा माघ १६ गते सम्पन्न भएको हो । लघुवित्तको वार्षिक साधारण सभा जानकी फैमली होटल तथा पार्टी प्यालेस मंलगवा, सर्लाहीमा सम्पन्न भएको हो ।

यसअघि पौष २९ गते आह्वान गरेको साधारण सभाको लागि उपस्थित हुनुपर्ने संख्या (कोरम) संख्या अपुग भएपछि स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्