गोर्खाज फाइनान्सको सीईओमा घिमिरे नियुक्त « Arthapath.com
२० माघ २०७८, बिहीबार

गोर्खाज फाइनान्सको सीईओमा घिमिरे नियुक्त



काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि फाइनान्सको पूर्व सीईओ लालबाबु थिङले राजिनामा दिएपछि सीईओ पद रिक्त रहेको थियो । घिमिरेले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण लिइसकेका छन् । घिमिरे यसअघि फाइनान्सको डिपुटी सीईओमा विगत एक वर्षअघि देखि कार्यरत रहेका थिए । घिमिरे नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारी हुन् ।

घिमिरे माघ १९ गतेदेखि लागू हुनेगरी आगामी ४ बर्षको लागि सीईओमा नियुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्