निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा रमेश घिमिरे « Arthapath.com
१७ असार २०७९, शुक्रबार

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा रमेश घिमिरे



काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले रमेश घिमिरेलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा नियुक्त गरेको हो ।

राजस्व सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा कोषको सीईओ छनौट तथा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले रमेश घिमिरे, कविराज अधिकारी र रमेश दाहालको नाम सिफारिस गरेको थियो । तर सरकारले घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो ।

यसअघि घिमिरेले नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को सीईओका लागि समेत आवृदन दिएका थिए । घिमिरे यसअघि एनसेलको निर्देशक रहेका थिए ।

यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद रिक्त रहेको छ । समितिले सीईओका लागि दुई पटकसम्म आवेदन आह्वान गरेको थियो । समितिले अन्तरवार्ता तथा कार्यपत्र प्रस्तुतिका लागि ५ जनाको नाम छनोट गरेको थियो । जसमा कविराज अधिकारी, मेघेन्द्रप्रकाश गिरी, रमेश कुमार पोखरेल, रमेश घिमिरे र रमेश दाहाललाई छनोट गरेको थियो । उनीहरुमध्येबाट ३ जना छनोट गरी सिफारिस गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्