बीमा विज्ञ शाह एआइआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा चयन  « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

बीमा विज्ञ शाह एआइआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा चयन 



काठमाडौं । विकासशील राष्ट्रहरूको बिमा तथा पुनर्बिमा कम्पनीहरूको २३ औँ सम्मेलन घानाको राजधानी आक्रामा सेप्टेम्बर २७ मा सम्पन्न भएको छ । सम्मेलनले नेपालका हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ विजयबहादुर शाहलाई कार्यकारी बोर्ड ट्रस्टीमा चयन गरेको छ । 

सम्मेलनले प्रेसिडेन्टमा घानाकै क्वालिटी जीवन बीमा कम्पनी लिमिटेड चेयरम्यान हारुन् इसा अनफुरेलाई चयन गरेको छ भने भाइस प्रेसिडेन्टमा बैंकक बीमा पब्लिक कम्पनी थाइल्यान्डका सीईओ च्याइ सोफोनपानिच चयन भएका हुन् ।

सम्मेलनले बहराइनको ट्रस्ट रि का कार्यकारी सञ्चालक यासिर अलबहारना, नेपालबाट हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीइओ विजय बहादुर शाह, फिलिपिन्सका मर्केन्टाइल बीमा कम्पनीका स्वतन्त्र सञ्चालक अस्तर ट्यान, बीमा र पेन्सन आयोग आयुक्त ग्रेस मुरादर्जीक्व, श्रीलङ्काको सिलिन्को बीमाका चिफ टेक्निकल अफिसर जगथ अल्विस, तान्जानिया पुर्न बीमा कम्पनीका चेयरम्यान विल्सन एनडेसान्जो र म्यानुअल एस्कोबेडोलाई चयन गरेको हो । 

सम्मेलनमा जनरल इन्स्योरेन्स भारतका चेयरम्यान दिवेस श्रीवास्तव बाहिरिएका थिए । एआइआरडिसी एक्जुकेटिभ बोर्ड ट्रस्टीको कार्यकाल आगामी २०२४ सम्म २ वर्षको हुनेछ । 

नेपालबाट यसअघि नै शाहले सन २०१६–२०१८ मा भाइस प्रेसिडेन्ट र २०१८–२०२० मा प्रेसिडेन्ट भएर काम गरिसकेका थिए । शाहलाई नेपालमा मात्रै होइन एआइआरडिसी राष्ट्रले समेत बिमा विज्ञको रूपमा मान्दै आएको छ । एआइआरडिसीमा ३६ डेभलपमेन्ट देशहरू आबद्ध रहेका छन् । 

Tags :

प्रतिक्रिया दिनुहोस्