नेपाल क्लियरिङ्ग हाउसको संचालकमा २ जना नियुक्ति, वाणिज्य बैंकको तर्फबाट एनआईएमबिका डेपुटी सीईओ ढकाल « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा २ जना नियुक्ति, वाणिज्य बैंकको तर्फबाट एनआईएमबिका डेपुटी सीईओ ढकाल



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले नयाँ दुई संचलाक नियुक्ति गरेको छ । एनसीएचएलको संचालक समितिमा महेश ढकाल र जगदीश दहाललाई नियुक्ति गरेको हो ।

ढकाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन् । उनी वाणिज्य बैंकहरुका तर्फबाट एनसीएचएलको संचालकमा नियुक्ति भएका हुन् ।

यस्तै, एनसीएचएलको स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाल नियुक्त भएका छन् । एनआईएमबिका एनआईएमबिका डेपुटी सीईओ ढकाल र अधिवक्ता दहाललाई एनसीएचएलको २०६औं संचलाक समितिको बैंठकले संचालकमा नियुक्ति गरेका हो ।

क्लियरिङ्ग हाउसको संचालकमा कुल सात जना प्रतिनिधि रहने व्यवस्था छ । क्लियरिङ्ग हाउसको संचालकमा राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट १/१ जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना प्रतिनिधि रहने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्