प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा नि:शुल्क आँखा शिविर
![](https://www.arthapath.com/wp-content/uploads/2023/12/ffe81116-ea39-4de3-8be8-bb2f670d2ac8.jpg)
काठमाडौं । प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा एक दिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
बैंक अफ दि एयर २०२३ को अवार्ड प्राप्त बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटको बट्टारमा नि:शुुल्क आँखा शिविरको आयोजना गरेको हो । शनिबार आयोजित शिविरमा ६३ जनाको आँखा जाँच गरिएको थियो ।
बैंकले मुधमेहको कारण आँखाको पर्दा र दृष्टिमा पर्ने असर सम्वन्धी सचेतना, आँखाको जाँच तथा उपचार सहितको नि:शुल्क शिविर आयोजन गरेको हो ।
शिविरमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोटको प्राविधिक सहयोग रहेको थियो