व्यावसायी आत्तिएपछि अर्थमन्त्री पनि लत्रिए « Arthapath.com
१२ माघ २०७६, आईतवार

व्यावसायी आत्तिएपछि अर्थमन्त्री पनि लत्रिए



काठमाडौं । अहिले वर्तमान केपी ओली सरकारलाई कर सरकार भनेर पनि चिनिन्छ । झनै अर्थमन्त्री डा. युवराज खतिवडालाई ओलीले कर धेरै उठाउन ल्याएको भनेर समेत चर्चा हुने गरेको थियो ।
तिनै अर्थमन्त्री खतिवडाले आफ्नो सांसद पद जानैलाग्दा व्यावसायीलाई केही सान्त्वना दिएका छन । अर्थमन्त्री डा. खतिवडाले सरकारले राजश्वको लक्ष्य पूरा गर्न व्यवसायीलाई डण्डा नलगाउने बताएका छन ।
आज ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले जथाभावी कर उठाएर दुःख नदिने बताए । अव दुःख दिएर राजश्वको लक्ष्य पुरा गर्ने योजनामा सरकार छैन भन्दै खतिवडाले व्यापारीलाई सान्त्वना दिन भ्याए ।
मन्त्री खतिवडाले आय भएको ठाउमा मात्रै राजस्व उठाउने र व्यावसायीलाई आनावश्यक झमेलामा पारेर राजश्वको लक्ष्य पूरा नहुने ठहर गरेको बताए । उनले भने भन्सार राजस्व कम भएर केही हुन्न आन्तरिक राजस्व राम्रो छ ।’ अन्त शुल्क, भ्याट र आयकर को संकलन राम्रो छ ।’
माघ १२ गते ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवस हो । सरकारले अव मोवाइलबाटै भन्सारको जाँचपास गर्न सकिने मोवाइल एप पनि सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्