सुन तोलामै ७६ हजार ३ सय पुग्यो, अझै कति पुग्ला ? « Arthapath.com
१६ माघ २०७६, बिहीबार

सुन तोलामै ७६ हजार ३ सय पुग्यो, अझै कति पुग्ला ?



काठमाडौं । अहिले माघ फागुन महिना नेपालीहरुको विवाह बढी हुने समय पनि हो । अहिले विवाह गर्दै हुनुहुन्छ भने एकदमै महंगो पर्ने भएको छ । विवाहमा नभई नहुने सुन महंगिने क्रम रोकिएको छैन ।
गत पुष २३ गते ७६ हजार ५ सय पुगेको सुन पुन ओरालो लाग्दै अहिले पुन बढ्दो क्रममा रहेको छ । अहिले सुन किन्ने भन्दा बेच्ने बढीरहेका छन ।
आज एकै दिन सुन तोलामा ७ सय बढेर ७६ हजार ३ सय पुगेको छ । आज विहिबार ७६ हजार ३ सयमा कारोवार भएको छ । सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो । गतवर्ष पनि ७६ हजार ५ सयमा कारोवार भएको भए पनि आज भने २ सय थप बढेर ७६ हजार ७ सय पुगेको छ ।
अहिले विवाहको लागी सुन किन्न केहीलाई बाध्यातानै छ भने भएका गरगहना बेच्नेहरुको भिड पसलमा लाग्न थालेको छ ।
अन्तराष्ट्रिय बजारमा बिहीबार बिहानसम्म सुन प्रति औंस १५८४.५० डलर कारोबार भइरहेको थियो । सुनको भाउ अझै बढ्न सक्ने व्यसायीहरु बताउँछन ।


प्रतिक्रिया दिनुहोस्