नयाँ गुणस्तर लिन रिद्धि सिद्धि र शिवम सिमेन्टले आवेदन दिए « Arthapath.com
२१ माघ २०७६, मंगलवार

नयाँ गुणस्तर लिन रिद्धि सिद्धि र शिवम सिमेन्टले आवेदन दिए



काठमाडौं । नयाँ गुणस्तर लिन दुई सिमेन्ट उद्योगले आवेदन दिएका छन् । नयाँ गुणस्तर लिन नेपाल गुणस्तर तथा नापतौल विभागमा रिद्धि सिद्धि र शिवम सिमेन्टले नयाँ गुणस्तर लिन आवेदन दिएको हो । ३ साताअघि बसेको गुणस्तर परिषदको १०२ औं बैठकले ओपिसी सिमेन्टको ४३ र ५३ ग्रेड गुणस्तर निर्धारण निर्णयपछि गुणस्तर लिन उद्योगले आवेदन दिएका हुन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सिमेन्टको बोरामा कलर कोडका बारेमा निर्णय विभागले जनाएको छ । नेपाल गुणस्तर इजाजत २०४९ अनुसार पाएका थिए भने अब नयाँ ग्रेडमा जाँदा ’एनएस ५७२’ पाउने भएका छन् ।
यी दुवै ग्रेडका सिमेन्ट उत्पादनमा आवश्यक पर्ने चुनढुंगा र कोइला राम्रो हुनुपर्छ । त्यो चुनढुंगालाई जति बढी पोल्यो त्यसको स्ट्रेन्थ बलियो हुने गर्दछ । तर अहिले सबै उद्योगले लागत घटाउनका लागि चुनढुंगा कम पोलेर समेत बजारमा सिमेन्ट उत्पादन गरेर पठाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्