प्रेम दिवसका अवसरमा रेडमी के २० प्रोको ३ हजार छुट « Arthapath.com
२३ माघ २०७६, बिहीबार

प्रेम दिवसका अवसरमा रेडमी के २० प्रोको ३ हजार छुट



काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के २० प्रो मा ३००० रुपैया छुट गरेको छ । यसको अबको मुल्य रु ४६,९९९ रहेको छ ।

शीर्ष विशेषता र पप–अप क्यामेरा भएको स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुने जनाएको छ । स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको र प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुने भएको छ । भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९,९९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६,९९९ मा ८ जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध रहेको छ ।

यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध छन् । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म मात्र लाभ लिन सक्नेछन् ।

कन्ट्री जनरल म्यानेजर अफ नेपालका सौरभ कोठारीका अनुसार शाओमीले एमआई फ्यानहरुबाट धेरै माया पाएको छ र हामी यो भ्यालेन्टाइन दिवसमा केहि माया उनीहरुलाई फिर्ता गर्न पाउँदा निकै उत्साहित छौं । नेपालमा सार्वजनिक भएदेखि नै रेडमी के २० प्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ ।


प्रतिक्रिया दिनुहोस्