कामना सेवा बैंकद्धारा सामाजिक क्षेत्रमा १ लाख सहयोग « Arthapath.com
२७ माघ २०७६, सोमबार

कामना सेवा बैंकद्धारा सामाजिक क्षेत्रमा १ लाख सहयोग



काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा महानगरपालिका १९ पुरुन्चौर स्थित शाखा कार्यालय मार्फत अकलादेवी र लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का अध्यक्ष शोभामोहन पौडेल र कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा १ लाखको चेक हस्तान्तरण गरेका छन । कार्यक्रमको सहजीकरण बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोलाले गरेका थिए ।

बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमा अकलादेवी र लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का सदस्य कृष्ण प्रसाद गौतम, अकला आधारभुत विद्यालय र अकला आमा समुहका अध्यक्ष पार्वती काफ्ले, अकला आधारभुत विद्यालयका प्रध्यानध्यापक सिता काफ्ले, अकलादेवी र लक्ष्मी नारायण मन्दिर पुजारी लक्ष्मण पौडेल लगायतको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न स्थानमा १ सय १८ वटा शाखा कार्यालयहरु र ६२ वटा ब्त्ः मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्