एकल पुरुषले पनि भत्ता पाउने « Arthapath.com
२७ माघ २०७६, सोमबार

एकल पुरुषले पनि भत्ता पाउने



काठमाडौं । बझाङको थलारा गाउँपालिकाले गाउँपालिकाभरि रहेका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रमबमोजिम गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषहरुलाई सामाजिक सरक्षाभत्ता उपलब्ध गराउने जनाएको छ ।

समाजिक सुरक्षा भत्ता मासिक ५ सय रुपैयाँ पाउने गरी नौवटै वडामा तथ्यांक संकलन कार्य भईरहेको गाँउ पालिकाले जनाएको छ ।

श्रीमतीको निधन भएर एकल बसेका वा विवाह नै नगरी एकल बसेका पुरुषले मात्र समाजिक सुरक्षा भत्ता पाउने भएका छन । सबै वडाले एकल पुरुषको निवेदन, नागरिकता, पत्नी मृत्युको प्रमाणपत्र र फोटाहरु संकलन गर्ने कार्य गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्