नेपाल उद्योग परिसंघको महानिर्देशकमा पौड्याल « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

नेपाल उद्योग परिसंघको महानिर्देशकमा पौड्याल



काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए ।

परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गर्दै परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्