खल्ती र भाटभटेनी ग्रुपबीच सम्झौता « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

खल्ती र भाटभटेनी ग्रुपबीच सम्झौता



काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे । खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत उक्त पैसा झिक्न सकिनेछ ।

यससँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याएको छ । उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।

यसका साथै अब खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।
सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।


प्रतिक्रिया दिनुहोस्