सरकारी कागजात कीर्ते गर्ने ४ जना पक्राउ

काठमाडौँ । प्रहरीले सरकारी कागजात कीर्ते गर्ने ४ जना पक्राउ गरेको छ । विभिन्न सरकारी कार्यालयका कागजात कीर्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरको हो ।
पक्राउ परेकाहरूमध्ये रमेश, जनक र प्रकाशले सरकारी कागजातहरू ललितपुरको लगनखेलमा रहेको शिरबाबुको एलपी कागजात छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूबाट नक्कली छाप, कम्प्युटर, पेनड्राइभ, डेन्टिल र प्रिन्ट स्ट्याम्प बरामद गरिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।