इन्धनको प्राविधिक समितिको बैठक बस्ने « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

इन्धनको प्राविधिक समितिको बैठक बस्ने



काठमाडौं । इन्धनका चार आयोजना अध्ययन गर्ने प्राविधिक समितिको बैठक शुक्रबार बस्ने भएको छ । नेपाल भारत ग्याँस तथा पेट्रोलियम पूर्वाधार निमार्ण गर्न बनेको संयुक्त कार्यदलले बनाएको प्राविधि समितिको पहिलो बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपालमा अघि बढाउन लागेको ग्यास तथा पेट्रोलको विभिन्न परियोजनाको बिस्तृत अध्ययन उक्त प्राविधिक समितिले गर्ने निगमले जनाएको छ ।

नेपाल आयल निगमले यस अघि नै ४ वटा प्राविधिक समिति गठन गरिसकेको छ भने भारतीय आयल निगमले गठन गरेको टोली पनि नेपाल आईपुग्ने छ । बैठकले ४५ दिनभित्र चार आयोजनाको अध्ययन सक्नेबारे योजना बनाउने निगमले जनाएको छ ।

नेपाल–भारत पेट्रोलियम तथा ग्याँस जोईन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालका विभिन्न परियोजना अगाडि बढाउन नेपाल र भारतबीच संयुक्त प्राविधिक टोली बनाउन भएको सहमति बमोजित प्राविधिक टोली गठन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्