कडा रोग लागेका बिरामीको उपचारका लागि ५० करोड अनुदान « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

कडा रोग लागेका बिरामीको उपचारका लागि ५० करोड अनुदान



काठमाडौं । सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ । माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५ सय ४५ विपन्न नागरिकहरुलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पातालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो ।

सरकारले मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रोग लागेका नागरिकलाई औषधि उपचारका लागि अनुदान दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्