परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल « Arthapath.com
१४ फाल्गुन २०७६, बुधबार

परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन । नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनोनित विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत थिए ।

उनी परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा कार्य गर्दै आएका थिए । परिसंघको विगत १३ औँ वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध छन ।

अग्रवालले परिसंघबाट विगत वर्षहरुमा आयोजित ३ वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस्