सुनको मूल्यमा ओरालो लाग्यो « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

सुनको मूल्यमा ओरालो लाग्यो



काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुन तोलाको ८१ हजार ५ सय कायम गरेको छ । बुधबार पनि तोलामा ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भएको थियो । मंगलबार भने हालसम्मकै उच्च तोलाको ८२ हजार ७ सय पुगेको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा ८ सयले घटेर ८१ हजार २ सय कायम भएको महासंघले जनाएको छ । बुधबार तोलाको ८२ हजारमा कारोबार भएको थियो भने मंगलबार तोलाको ८२ हजार ४ सयमा खरिद बिक्री भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले झरेको छ । आज चाँदीको भाउ तोलाको ८ सय ६० रहेको महासंघले जनाएको छ । बुधबार तोलको ८ सय ८० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्