कोरोनाको उपचार सामग्री लिन वाइडबडी चीन जाँदै

काठमाडौँ । नेपालमा कोरोना परीक्षणको कीट तथा पीपीई समेत नभएको आरोप लागिरहेको बेला कोरोना परीक्षण तथा उपचारका ती सामग्री तथा अन्य औषधिजन्य वस्तुहरू लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको वाइडबडी विमान काठमाडौंबाट चीनको ग्वाङझाओ जान लागेको हो ।
ती विभिन्न औषधिजन्य सामाग्री लिनका लागि फ्लाइट नम्बर आरएनए ४१७१ को चार्टर्ड विमान शनिबार चीनस्थित ग्वाङझाओ जाने बताइएको छ ।
वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउने छ ।
यसअघि नेपालले पनि कोरोनाविरूद्ध लड्न चीनलाई मास्क लगायत विभिन्न वस्तु पठाएको थियो ।