केएल दुगड समुहद्वारा कोहलपुरमा खाद्यान्न बितरण « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

केएल दुगड समुहद्वारा कोहलपुरमा खाद्यान्न बितरण



काठमाडौं । के एल दुगड समुहले बाँके जिल्लाको कोहलपुर न. पा. वार्ड न. ७, १४ तथा १५ मा ४ सय परिवारलाई चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजीको फेमिली प्याक उक्त वडामा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरुलाई वडाको समन्वयमा वितरण गरेको छ ।

उक्त खाद्य समाग्री बितरणमा वडा अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । कोरोना महामारीले गर्दा कोहीपनि परिवार भोक भोकै बस्न नपरोस् भन्ने हेतुले र दैनिकज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरीब परिवारहरुलाई वडा कार्यालयले पहिचान गरेका परिवारलाई खाद्य समाग्री बितरण गरिएको के. एल. दुगड समुहका प्रदिप छाजेडले बताए । उक्त समुहले कुनै बिपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ठेरो हुने बर्गहरुलाई सधै सहयोग गर्दै आइरहेको र भबिष्यमा पनि गरिरहने प्रतिवद्धता ब्ष्.यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्