पेन्टर समुदायलाई सहजता दिलाउने बर्जर पेन्ट्सको निरन्तर प्रयास « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

पेन्टर समुदायलाई सहजता दिलाउने बर्जर पेन्ट्सको निरन्तर प्रयास



काठमाडौं । विश्व परिदृश्यमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसले अत्याधिक संख्यामा हताहत भएको छ । विश्व मानव समुदायले अहिले सामना गरेको यो शताब्दीकै सबैभन्दा ठूलो चुनौती हो । सरकारद्वारा नोबल कोभिड–१९ को सँक्रमण फैलिन नदिन जारी गरिएको देशव्यापी लकडाउनको कारण धेरै आप्रवासी र दैनिक ज्यालादारी कामदारहरुलाई जीवनयापन गर्न ठूलो आर्थिक कठिनाई व्यहोर्न बाध्य पारेको छ । धेरैजसो व्यवसायहरु अचानक बन्द भएपछि आवश्यक आर्थिक र अन्य सो्रतको अभावले गर्दा कमजोर समूदायमा ठूलो समस्या निम्त्याएको छ ।

बर्जर पेन्ट्स नेपालले कम्पनीको “सम्बन्ध” योजनामा आबद्ध पेन्ट ठेकेदारहरु र पेन्टरहरुमा पर्न गएको आर्थिक दवाबको असरलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ सहयोगी हात बढाएको छ । बर्जर नेपालले प्रोत्साहन स्वरुप योजनामा उल्लेखित जिन्सी पुरस्कारको सट्टामा आबद्ध पेन्टरहरुको बैंक खातामा सिधै रकम जम्मा गरिदिएर सहायताको पहल शुरु गरेको छ । यसप्रकारको तत्काल वित्तीय सहायताले पेन्टर समाजलाई अहिले आइपरेको कठिन घडीमा उनीहरुको घरायसी खर्चहरुको आर्थिक व्यवस्थापन गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

बर्जर पेन्ट्स नेपालले यो पहल अन्तर्गत १२०० भन्दा बढी पेन्टरहरुलाई रकम प्रदान गर्ने लक्ष्य लिएकोे छ । पहिलो चरणमा हालसम्म ३०० भन्दा बढी पेन्टरहरु लाभान्वीत भैसकेका छन र उनीहरुको बंैक खातामा ३ करोड २५ लाख रुपैयाँ उपलब्ध गराइसकिएको छ ।

यो बर्जर पेन्ट्ससँग आबद्ध असँगठित क्षेत्रमा काम गर्ने मानिसहरु प्रति कम्पनीद्वारा प्रदर्शित मानवता र असाधारण सहायताको एक उदाहरण हो । यस पहलको बारेमा कुराकानी गर्दै बर्जर पेन्ट्स नेपालका कन्ट्री मैनेजर सैवाल घोषले भने, “पेन्टिङ्ग ठेकेदारहरु सदैव बर्जर पेन्ट्स परिवारको एक अभिन्न अंग रहँदै आएका छन् र यस्तो विपत्तिको समयमा हामीले एक अर्कालाई सहयोग गर्नु जरुरी छ । हामी हाम्रा पेन्टर समाजमा अहिलेको सँकटग्रस्त समयमा आर्थिक रुपमा सबल बन्न मद्दत गर्ने तथा यो समुदायलाई अधिक सहजता दिलाउने लक्ष्यका साथ काम गरिरहेका छौं ।”


प्रतिक्रिया दिनुहोस्