बैंकिङ कसुरमा सिद्धार्थ विकास बैंकका पूर्व सञ्‍चालक पक्राउ « Arthapath.com
५ श्रावण २०७७, सोमबार

बैंकिङ कसुरमा सिद्धार्थ विकास बैंकका पूर्व सञ्‍चालक पक्राउ



तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ परेका छन् । बैकिङ कसुर मुद्यामा दोषी ठहर भएका मधुसुदन सिलवाललाई बानेश्वर क्षेत्रबाट प्रहरीको पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो। अदालतको सो फैसलापछि फरार रहेका उनलाई आइतबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।


तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंक पछि जनता बैंकमा गाभिएको थियो । जनता बैंक पनि हाल ग्लोबलमा गाभिएको छ ।


प्रतिक्रिया दिनुहोस्