मेगा बैंकले ल्यायो सस्तो ब्याजदरमा कर्जा सुविधा « Arthapath.com
१३ श्रावण २०७७, मंगलवार

मेगा बैंकले ल्यायो सस्तो ब्याजदरमा कर्जा सुविधा



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ ।

मेगा बैंकको दशौं बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।


अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्जाजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकले जनाएको छ ।

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।
मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ ।


प्रतिक्रिया दिनुहोस्