एनएमबि बैंकको यातायात जगतमा डिजीटल भुक्तानीमा फड्को « Arthapath.com
१८ श्रावण २०७७, आईतवार

एनएमबि बैंकको यातायात जगतमा डिजीटल भुक्तानीमा फड्को



काठमाडौं । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एनक्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।


उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस (एइक्) टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्नेछ ।


यस परियोजनाको शुरुवात किपु बस सेवासँग हुनेछ जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्नेछन् ।


्समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र एनक्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन ।


‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई विद्युतीय वित्तीय सेवाहरु छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्