एभरेष्ट इन्स्योरेन्सको नाफा १९ करोड ३१ लाख « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

एभरेष्ट इन्स्योरेन्सको नाफा १९ करोड ३१ लाख



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको खुद नाफा १९ करोड ३१ लाख गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले यसै अवधिमा ४ करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्स खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५ गुणा बढी हो ।

एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४० करोड ८५ लाख बीमाशुल्क आर्जन गरेको छ । पुर्नबीमा कमिशनबाट ११ करोड ६० लाख र लगानी कर्जा तथा अन्यबाट ७ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २७ करोड ४५ लाख रुपैयाँ, ३२ करोड ६७ लाख रुपैयाँ बीमा कोषमा सञ्चित छ ।


प्रतिक्रिया दिनुहोस्