सिटिजन्स बैंकको नाफा १ अर्व ११ करोड, जगेडा कोषमा ३ अर्ब ३९ करोड « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

सिटिजन्स बैंकको नाफा १ अर्व ११ करोड, जगेडा कोषमा ३ अर्ब ३९ करोड



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आवमा १ अर्व ११ करोड ६० लाख नाफा कमाएको छ । सिटिजन्स बैंकको अघिल्लो आवको तुलनामा कोरोनाका कारण नाफामा केही गिरावट आएको छ ।

बैंकले गत आवमा १ अर्ब ११ करोड ६० लाख खुद नाफा कमाएको छ । सो बैंकले अघिल्लो अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४६ करोड ३२ लाख नाफा कमाउन सफल भउको थियो । यसरी दुई आवको व्यालेन्ससिट हेर्दा गत आवमा कोरोनाको कारण करिव ३५ करोड नाफामा गिरावट आएको छ ।

सिटिजन्स बैंकले असार मसान्तसम्ममा वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख रहेको जनाएको छ । त्यस्तै अघिल्लो आवमा वितरण योग्य मुनाफा १८ करोडले घटेको छ । बैंकको खुद व्याज आम्दानी २ अर्ब ८८ करोड १६ लाख तथा सञ्चालन मुनाफा १ अर्ब ४५ करोड ४७ लाखमा झरेको छ ।

सिटिजन्स बैंकले गत असार मसान्तसम्ममा ८८ अर्ब ५१ करोड निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड कर्जा लगानी गरेको थियो । ९ अर्ब ८ करोड ९८ लाख चुक्ता पूँजी रहेको सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा तथा बैंकको जगेडा कोषमा ३ अर्ब ३९ करोड ६८ लाख रहेको छ । त्यसैगरी सेयरधनी कोषमा ८७ करोड ७४ लाख रकम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्