कामना सेवाको केएसबीबीएल सामाजिक मिडिया बैंकिंग सञ्चालन « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

कामना सेवाको केएसबीबीएल सामाजिक मिडिया बैंकिंग सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले घरमा नै बसेर भाइवर वा फेसबुक, मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने (KYC UPDATE), चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् ।

बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाट आज यो नवीनतम् प्रविधिमा आधारित “KSBBL Social Media Banking Platform” को शुभारम्भ गर्नुभएको हो ।

भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहक मानुभावहरुले बैंकले प्रदान गरेको QR Code Scan गर्नु पर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ ।

Kovid-10 को महामारीकोबीच Social Media Banking सेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाइ थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहक महानुभावहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्षले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्