२० वटा अत्याधुनिक पेट्रोल पम्प बनाउन १ अर्ब रूपैयाँ लाग्ने « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

२० वटा अत्याधुनिक पेट्रोल पम्प बनाउन १ अर्ब रूपैयाँ लाग्ने



काठमाडौं । नेपाल आयल निगमले विभिन्न स्थानमा २० वटा नयाँअत्याधुनिक पेट्रोल पम्प निर्माण गर्ने भएको छ । नयाँ बनाउन लागिएका २० वटा पेट्रोल पम्पको लागि अध्ययन शुरु गरेको छ । अध्ययन गर्नको लागि निगमले आपूर्ति तथा वितरण विभागका उपनिर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, बिपी राजमार्ग, फास्ट ट्रयाक, मदन भण्डारी राजमार्ग लगायतका विभिन्न ठाउँमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरिने कार्यदलका संयोजक तथा निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए ।

नयाँ निर्माण भएपछि उक्त २० वटा पेट्रोल पम्प २४ सै घण्टा खुला रहने भएका छन् । सरकारी जग्गामै बनाउने योजना रहेकाले स्थानीय तहमा खाली जग्गा खोज्न निगमको प्रादेशिक कार्यलयलाई चिठी पठाएको छ ।

पेट्रोल पम्प विनियमावलीमा भएको व्यवस्था अनुरूप ठाउँ हेरेर ६ देखि १० कठ्ठामा बनाइने छ । एउटा पेट्रोल पम्प बनाउ कम्तीमा ५ करोड रूपैयाँ लाग्ने निगमको अनुमान छ । सो अनुरूप २० वटा पेट्रोल पम्प बनाउन १ अर्ब रूपैयाँ लाग्ने छ ।


प्रतिक्रिया दिनुहोस्