पहिलो पटक सनराइज बैंकले ल्यायो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

पहिलो पटक सनराइज बैंकले ल्यायो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था



काठमाडौं । सनराइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानअनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सनराइज बैकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी मिस्डकल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

यस सेवाको सुरु सँगै अब देखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्ने छन् । यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनु पर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमाआउने बैकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकका ग्राहकहरुले Sunrise Smart App बाट बत्ति, पानी आदिको शुल्क भुक्तानीगर्दै आएकोमा अब भने इन्टरनेट बिना नै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्ने छन् । विद्यमान महामारीको समयमा घरैमा बसीबसी यसरी बिभिन्न सेवाका शूल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहक बर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्