सनराइज बैंकसँग एफ वन सफ्टसँंग सहकार्य, चाडपर्व बिशेष योजना २० जनाले स्मार्ट फोन जित्ने « Arthapath.com
१ कार्तिक २०७७, शनिबार

सनराइज बैंकसँग एफ वन सफ्टसँंग सहकार्य, चाडपर्व बिशेष योजना २० जनाले स्मार्ट फोन जित्ने



काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसंग सहकार्य गरी यस योजना ल्याएको हो । यस योजना अन्र्तगत सन्राइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने जनाएको छ ।

बैंककले यस योजनामा सहभागी २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ । सनराइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्